Need Help ?
Call: +977- 071521454
News Flash
जिल्ला शिक्षा कार्यालय रुपन्देहीको कक्षा ८ सञ्चालित सम्पूर्ण (सामुदायिक र संस्थागत) विद्यालयहरुलाई अत्यन्त जरुरी सूचना|| विद्यालयले भाैतिक कार्यक्रमकाे सम्झाैता गर्ने बारे सूचना|| विद्यालयहरुलाई जरुरी सूचना|| कक्षा ११ र १२ अध्ययनमा छात्रवृतिको लागि लिइएको परीक्षाको विद्यालयगत नतिजा मिति २०७४।४।८ गते अपरान्ह ५ पाँच वजे सम्म विद्यालयगत रुपमा अपलोड गरिसकिने छ । सिफारिसमा परेका विद्यार्थीले कार्यालयमा सम्पर्क राख्न्नुहोला ।|| सम्पूर्ण विद्यालयहरुलाइ EMIS अध्यावधिक गर्न पटक पटक ताकेता तथा निर्णय गरिएको तर केहि विद्यालयको सो फाइल प्राप्त नभएको हुदाँ मिति २०७४।३।३ गते भित्र स्रोतकेन्द्रमा पेश गरि स्रोत केन्द्रले मिति २०७४।३।४ गतेको वैठकमा जि शि का मा पेश गर्नुहुन अनुरोध छ ।अन्य||

जिल्लाको बारेमा

स्वागत छ जिल्ला शिक्षा कार्यालय रुपन्देही !!!

रुपन्देही जिल्ला ८३० १२’ १६” देखी ८३० ३८’ १६” पूर्व देशान्तर र २७० २०’ ००” देखी २७० ४७’ २५” उत्तरी अक्षांशमा अवस्थित रुपन्देही जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्र्तगत लुम्बिनी अञ्चलका ६ जिल्लाहरु मध्ये तराईको एक जिल्ला हो । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको पवित्र जन्मस्थलको रुपमा विश्वमै परिचित, भौगोलिक ऐतिहासिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण द्वारका रुपमा रहेको यो जिल्ला समुद्री सतह देखी १०० मिटरदेखि १२२९ मिटरसम्मको उचाइमा रहेको छ । १३६० वर्ग कि.मी. क्षेत्रफल रहेको यस जिल्लाको पूर्वमा नवलपरासी, पश्चिममा कपिलवस्तु, उत्तरमा पाल्पा र दक्षिणमा छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशका महाराजगञ्ज र सिद्धार्थनगर जिल्लाहरु पर्दछन् । 
रुपन्देही जिल्ला ऐतिहासिक तथा पूरातात्विक दृष्टिले पनि अत्यन्तै महत्वपूर्ण रहेको छ । शान्तिका अग्रदूत महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि पवित्र धार्मिक स्थल हो । यहाँ रहेको मायादेवी मन्दिर, अशोक स्तम्भ, पोखरीहरु, विहारहरु पुरातात्विक दृष्टिले महत्वपूर्ण मानिन्छन् । त्यस्तै गरी बुटवलको जितगढी किल्ला, मणिमुकन्द सेनको दरवार, रामापिथेकसको अवशेष प्राप्त क्षेत्र, देवदहको भवानीपुर (बुद्धको मावली) क्षेत्र ऐतिहासिक तथा पुरातात्विक दुवै दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण क्षेत्रका रुपमा रहेका छन् ।  
समग्रमा यस जिल्लामा उष्ण प्रदेशीय हावापानी पाइन्छ । वसन्त, गृष्म र वर्षा ऋतु अर्थात चैत्रदेिख भाद्रसम्म यहाँ अत्याधिक गर्मी हुन्छ । आश्विनदेखि फागुनसम्म समसितोष्ण किसिमको हावापानी पाइन्छ । आषाढदेखि भाद्रसम्म निकै वर्षा हुन्छ । अहिले सम्मको अभिलेख अनुसार यहाँको अधिकतम तापक्रम ४५.४०० से. न्यूनतम तापक्रम ८.७५० से. रहेको र सरदर वार्षिक वर्षा १३९१ मि.मि. रहेको पाइन्छ । हाल यस जिल्लामा सार्वजनिक र निजी प्रा.वि., नि.मा.वि., मा.वि, उच्च माध्यमिक विद्यालय, क्याम्पस र प्राविधिक शिक्षालय, मदरसा गरी ७४५ भन्दा बढी शैक्षिक संस्थाहरु रहेका छन् । यहाँको कुल साक्षरता २०५८ सालको जनगणना अनुसार ६६% साक्षरता  रहेको जसमा पुरुष साक्षरता ७५.८% महिला साक्षरता ५५.७% रहेकोमा २०६८ सालको जनगणना अनुसार करीव ७२% साक्षर रहेको जसमा जसमा पुरुष साक्षरता करीव ८१% महिला साक्षरता करीव ६२% रहेको छ । रुपन्देही जिल्लाको कूल जनसङ्ख्या ८,८०,१९६मा पुरुषको संख्या ४,३२,१९३ र महिलाको संख्या ४,४८,००३ रहेको छ । 
  शैक्षिक स्थिति
रुपन्देही जिल्ला शिक्षाको क्षेत्रमा राष्ट्रमा नै परिचित छ । यहाँ आधारभूत तहदेखि उच्च शिक्षा सम्मका शिक्षण सँस्थाहरुबाट शैक्षिक सेवा प्रवाह भइरहेको छ । आर्थिक अवसरको प्रचुरता र यातायातको पहुँच आदि कारणले वसाईसराई पनि तीब्र भएको देखिन्छ । बन्दव्यापार, उद्योग यातायात, बसाईंसराइ आदिका कारणले गर्दा शिक्षाको क्षेत्रमा पनि उल्लेख्य प्रगति देखिन्छ तर जिल्लाको आन्तरिक अवस्था र समानुपातिक विकासको दृष्टिकोणले केही विषमता देखिन्छ । यस जिल्लामा सञ्चालित शैक्षिक सँस्थाहरुको विवरण तालिकाहरुमा देखाइएको छ । तालिका हेर्दा यस जिल्लाको शैक्षिक अवस्था सन्तोषजनक नै छ । सँस्थागत र सामुदायिक विद्यालयहरुको सँख्या धेरै देखिन्छ । तर अधिकांश सँस्थागत विद्यालयहरु शहरी इलाका र राजमार्गका आसपासमा खुलेका छन् । उच्च शिक्षण सँस्थाहरु पनि बुटवल र भैरहवामा सञ्चालित छन् भने प्राविधिक उच्च शिक्षातर्पm मणिग्राममा इञ्जिनियरिङ, बुटवल र भैरहवामा चिकित्साशास्त्रका स्नातक तहसम्मको पठनपाठन हुँदै आएको छ । २०६९.७०को वैशाख देखित्भ्ख्त अन्तरगत ३ वटा विद्यालयहरुलाई कक्षा ९वाट कम्प्यूटर िविज्ञान,कृषि तथा सिभिल इञ्जिनियरिङ विषयमा कक्षा सञ्चालन गर्ने भएको छ ।
 रुपन्देही जिल्लामा भारतको सिमानासँग जोडिएका २९ गाविसहरुमा प्रति गाविस औषतमा विद्यालयहरुको सङ्ख्या ४ वा सोभन्दा तल रहेको छ । मर्चवार क्षेत्रका अठारवटा गाविसमा जम्मा ५ वटा माध्यमिक विद्यालयहरु छन् । शहरी क्षेत्रमा तल्ला कक्षाहरुमा विद्यार्थी भर्ना अति न्यून रहेको छ । ती विद्यालयहरुको भविष्य के हुने ? शैक्षिक मूलप्रवाहीकरणमा अत्यावश्यक देखिएको मदरसा शिक्षालाई व्यवस्थित गर्न प्रशस्त चुनौतीहरु देखिएका छन् । कक्षा ५ सम्मको अनुमति प्राप्त ७४ मदरसा र कक्षा ३ सम्मको मात्र अनुमति प्राप्त २७ मदरसाहरुलाई कुन तहसम्म स्तरवृद्धि गर्ने भन्ने चुनौतीको अलावा मदरसा परिपाटीमा उच्च शिक्षासम्मका कक्षाहरु र अझैपनि सञ्चालनमा आउन सकेका छैनन् । यदाकदा माध्यमिक कक्षा सञ्चालनमा आएका मदरसाहरुमा समेत पाठ्यक्रम,पाठ्यपुस्तक लगाएतका कुराहरुमा नियमन गर्न कठिनाई भएको छ  ।
                              समस्याहरुको निराकरणको लागि जिल्ला शिक्षा कार्यालयले समयसमयमा प्र.अ.हरुको बैठक बोलाई नीतिनिर्देशनहरु दिने गरेको छ । परीक्षामा एकरुपता ल्याउन सामुदायिक र संस्थागत प्रधानाध्यापकहरुको साझा बैठकबाट निर्णय गराई परीक्षा सञ्चालन गर्नेै व्रिmयाकलाप गरिएको छ । विद्यालय अनुमति दिंदा स्रोतव्यक्ति, विद्यालय निरीक्षकहरुको स्थलगत निरीक्षण प्रतिवेदनलाई आधार मानी अनुमति तथा कक्षा थपको अनुमतिको व्यवस्था गरिएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष शिक्षा कार्यालयले मनोनित गर्ने व्यवस्थालाई निरन्तरता दिइएको छ । शिक्षासँग सम्बन्धित मुद्दाहरु जस्तै क्ीऋ परीक्षा सञ्चालनमा संस्थागत र सामुदायिक दुवै खाले विद्यालयहरुको सामूहिक सहभागितामा परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण लगायतका कार्यहरु सम्पन्न गरिएका छन् ।