हार्दिक समवेदना ।
प्रकाशित मिती:
हार्दिक समवेदना ।
आज मिति २०७४।०४।११ गते वुधवारका दिन यस कार्यालयका विद्यालय निरीक्षक श्री चन्द्र बहादुर कुवँरको कार्यालय आउने क्रममा विहान करीब १० बजे तिर मोटरसाईकल दुर्घटनामा परी असामयिक निधन भएकोमा हामी दुःखी, स्तब्ध र मर्माहत भएका छौं । यस शोकको घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन तथा ईष्टमित्रहरुमा धैर्य धारणका लागि ईश्वरसँग प्रार्थना गर्दछौं ।
जिल्ला शिक्षा कार्यालय परिवार
रुपन्देही
